बुद्धिचाल चुलाचुलीको अध्यक्षमा सिगु

नेपाल बुद्धिचाल संघ चुलाचुली गाउँपालिकाको अध्यक्षमा राजेन्द्र सिगु निर्वाचित भएका छन् । आज एक कार्यक्रमका बिच सिगुको नेतृत्वमा पालिका स्तरिय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा दिपक कुमार पाण्डे, सचिव अनिल लावती, कोषाध्यक्ष चन्द्र दंगाल रहेका छन् ।
समितिको सदस्यहरुमा विशाल साम्बा र धर्मराज नेपाल रहेका छन् । चुलाचुली खेलकुद विकास समिति अध्यक्ष देवेन्द्र तुम्रोकको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका प्रमुख राजेन्द्र केरुङको प्रमुख आतिथ्यता र इलाम जिल्ला बुद्दिचाल संघको अध्यक्ष प्रकाश परियारको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल रग्बी संघ इलाम अध्यक्ष गंगा फियाक बिजु र बुद्दिचाल अग्रज खेलाडी डिल्ली खड्काको आतिथ्यता रहेको थियो ।
Facebook Comments Box