देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/नेपाल बहुउद्धेश्य सहकारी सस्था (एनएमसी) को चुलाचुली सेवा केन्द्र ले आज बिहान चुलाचुली ४ स्थित आइतबारे बजार क्षेत्र सरसफाइ गरेको छ ।
सस्थाको चुलाचुली सेवा केन्द्र अन्तरगत ५ नम्बर इकाइ मा पर्ने सो आइतबारे बजार सरसफाइ बजार ब्यवस्थापन समितिको सहयोग मा सम्पन्न भएको हो ।
सामाजिक उत्तरदायित्व मा एनएमसी पनि उत्तिकै सहभागी हुने र असल सस्कार को बिकाश भएमा मात्रै समाज सुन्दर र सवल बन्ने बिश्वाश का साथ बिभिन्न सामाजिक कृयाकलाप मा सहभागी हुने एनमसी ले चुलाचुली ४ मा गरेको पहिलो सामुदायिक गतिबिधी हो बजार सरसफाइ कार्यक्रम ।

उक्त सरसफाइ कार्यक्रम मा एनमसी चुलाचुली इकाइ नम्बर ५ का संयोजक लोकनाथ पौडेल का साथै सदस्य हरु हर्क राइ र बिष्णु माया बि. क. , आइतबारे बजार ब्यवस्थापन समितिका पदाधिकारीहरु का साथै स्थानिय बजारवासीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
लगभग २ घण्टा चलेको उक्त सरसफाइ बाट भेला भएको एक ट्याक्टर भन्दा धेरै फोहोर लाइ बजार ब्यवस्थापन समिती को सहयोग मा उचित तवर ले ब्यवस्थापन समेत गरिएको जानकारी प्राप्त भएको छ ।

दिनानुदिन सहरिकरण बढिरहेको आइतबारे बजारमा फोहोर संकलन र यसको उचित ब्यवस्थापन पक्षलाइ ध्यान नदिए भविश्य मा गएर यो फोहोर को समस्या ले ठुलो रुप लिने भएकाले यसका लागी सम्बन्धित सरोकारवाला निकाय र स्थानिय ब्यापारी का साथै बजारवासी समेत जागरुक हुनु पर्ने आवश्यकता देखिन्छ

Facebook Comments Box