चुलाचुली गाउपालिका अध्यक्षलाई बिशाल नेपाल को नक्सा

चुलाचुली गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ लाई नेपाली काँग्रेस को विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ चुलाचुली गाउ कमिटी ले आज जेष्ठ २९ गते ग्रेटर नेपाल को नक्सा हस्तान्तरण गरेको छ ।
नेपाल बिद्यार्थी संघ चुलाचुलीका सभापती सौरभ बास्कोटा को नेतृत्व मा गएको उक्त टोलीले ग्रेटर नेपालको नक्सा गाउपालिका अध्यक्ष लाई हस्तान्तरण गर्नुका साथै सो तस्बिरलाई अध्यक्ष को कार्यक्षा मा राख्न समेत अनुरोध गरेको हो ।
केहि दिन पहिला भारत सरकारले अखण्ड भारत भन्दै नेपालको लुम्बिनी लगायत का क्षेत्रहरु समेत भारतिय नक्सामा समेटिए पछी नेपाल मा पनि टिस्टा देखी कांगडा सम्मको भुभाग समेटिए र सो नक्सा निकालिएको छ ।
बिद्यार्थीहरु को हकहित संरक्षण गर्ने सस्था नेबिसंघ रास्टृय स्वाभिमान का मुद्धाहरु मा प्रखर भएर उभिने गरेको छ र यसको ज्वलन्त उदाहरण हो यो आजको कार्यक्रम । यस्ता रास्टृय सवाल का बिशय हरु मा स्थानिय सरकार ले समेत ध्यान दिनु जरुरी छ