देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/इलाम को चुलाचुली गाउपालिका मा नेकपा एमालेको देशब्यापी कार्यक्रम मिसन खेतमा सुरु भएको छ ।

चुलाचुली वडा नम्बर ४ कि बासिन्दा तथा नएकपा एमाले इलाम जिल्ला कमिटी सदस्य इश्वरा निरौलाको खेतमा आज रोपाइ गर्दै सो कार्यक्रम को थालनी गरिएको हो । संगठन बिस्तार र सुदृढिकरण मा थप सहयोग पुग्ने र किसान, मजदुर बर्गमा समेत पार्टी को पहुँच पुर्याउने उद्धेश्यका साथ देशब्यापी रुपमा वडा तह बाटै सन्चालन गरिने उक्त मिसन खेतमा कार्यक्रम को चुलाचुली मा यो पहिलो हो र यसलाइ सबै वडा ले सन्चालन गर्नुपर्ने जिल्ला कमिटी सदस्य तथा चुलाचुली ४ नम्बर इन्चार्ज सुरेस अधिकारि ले बताउनु भयो ।

बिना कुनै औपचारिक कार्यक्रम बिसुद्ध सामुहिक श्रम सस्कार को बिकास र कृषि कर्मलाइ प्राथमिकता दिएर सुरु गरिएको सो मिसन खेतमा कार्यक्रम अत्यन्तै समय सापेक्ष र सान्दर्भिक रहेता पनि कार्यक्रम आयोजना गर्ने संगठन कै शिर्ष नेतृत्वहरु को अनुपस्थिती ले कृषि कर्म लाई नै नेतृत्व पङती ले उपेक्षा गरेको पाइएको छ ।।

Facebook Comments Box