ओझेलमा परेका चुलाचुली का दुई प्रतिभा

दिनेश पौडेल ,इलाम टाइम्स चुलाचुली/गत चैत्र १७ देखी २६ गते सम्म सन्चालन भएको एस ई ई परिक्षा को परिक्षाफल प्रकासन भए संगै देसै भरी का विभिन्न बिध्यालय तथा बिध्यर्थी हरु को चर्चा सुरु भएको छ ।
यसै क्रममा शिक्षा बिकास तथा समान्वय इकाइ इलाम कार्यलयले इलाम का उत्कृष्ठ १६ बिध्यार्थी र बिध्यालय को नाम समेत सार्वजानिक गरिसकेको छ भनें चुलाचुली गाउपालिका बाट एस. ई. ई. टपर भनेर विभिन्न मिडिया तथा सामाजिक संजालमा बालज्योती मा. बि. र रोहिना फियाकको नाम आइसकेको छ । चुलाचुली प्रथम को ३.४० जिपिए आएको छ भने इलाम जिल्ला भरीका परिक्षार्थी मध्ये प्रथम भनेर ५ जना को समान अन्क ३.८५ जिपिए ल्याउने ग्रीन भ्याली एकेडेमी इलाम न.पा. का बिबेक गौतम र समिक्षा यादव त्यस्तै समता स्कुल इलाम कि रेजिना भट्टराइ र बिमल अधिकारी तथा मन्टेश्वरी स्कुल इलाम कि नयुमा राइ लाइ इलाम जिल्ला कै उत्कृष्ठ बिध्यर्थी मानिएको छ तथापी बिषयगत ग्रेड का आधार मा को सर्वोत्कृष्ठ हो भन्ने चाही निर्णय गरिएको छैन ।

यसै बिच चुलाचुली गाउपालिका वडा नम्बर ६ निवासी रेखा आचार्य र सुमन कुमार दहाल ले पनि गत चैतमा सम्पन्न एसईई परिक्षा को परिक्षाफल प्रकाशन संगै ३.८५ जिपिए प्राप्त गरेका छन । तर उनिहरुको नाम न चुलाचुली मा अटायो न शिक्षा बिकास तथा समान्वय इकाइ इलाम को कार्यलय मा अटायो । यसको मुख्य कारण चुलाचुली को ६ नम्बरमा बिध्यलालय को अभाब थियो जसले गर्दा नजिकै को छिमेकी जिल्ला मोरङ मा पढन बाध्य थिए ति बिध्यार्थीहरु । हुन त चुलाचुली को ६ नम्बर मा २ वटा माध्यमिक बिध्यालयहरु रहेका छन । मिक्लाचोङ मा. बि. र राष्ट्र प्रेमी मा. बि. । भौगोलिक दुरी का हिसाब ले मिक्लाचोङ मा. बि. पढन उनिहरु ले दैनिक ६ घण्टा पैदल हिडनु पर्छ झनै राष्ट्रप्रेमी मा. बि. मा पढन त ८ घण्टा भन्दा धेरै हिडनु पर्ने बाध्यता छ तर नजिकै को मोरङ का बिभिन्न बिध्यालय हरु मा १० देखी २० मिनेट को पैदल यात्रा मै पुग्न सकिन्छ ।

नेपालमा संघियता आए संगै हरेक नागरिक हरु लाइ शिक्षा, स्वास्थ्य खानेपानी लगायत का कुराहरु सरकार ले जिम्मा लिएको छ । तिन तह का सरकार हरु कायम रहेको अवस्था मा नेपाली नागरिक को सबै भन्दा नजिकै को सरकार भनेको स्थानिय सरकार हो तर सुमन र रेखा लाइ तिन वटा सरकार देश मा कायम रहेको त थाहा भयो होला तर तिनवटै सरकार लाइ थाहा भएन कि ति बालबालिका क्षमतावान छन भनेर त्यस मा पनि स्थानिय सरकार लाइ त आफ्ना हरेक नागरिक हरु को बारे मा थाहा हुनु पर्ने हो तर थाहा भएन चुलाचुली सरकार लाइ । त्यस भेग का सबै बिध्यार्थी हरु ८ कक्षा सम्मा स्थानिय बिध्यालय मा अध्यान गर्छन र त्यस पछी अन्तर जिल्ला पढाइ का लागी जानु पर्ने बाध्यता छ । यदि त्यस क्षेत्र मा माध्यमिक तहको बिध्यालय हुदो हो त यतिखेर चुलाचुली ले जिल्ला उत्कृष्ट बिध्यार्थी पाउने थियो ।