देवेन्द्र पौडेल, इलाम टाइम्स पेल्टिमारी/नेपाल बहुउद्धेश्य सहकारी सस्था ले आफ्ना सम्पुर्ण सदस्य हरु लाई समान सेवा दिने उद्धेस्य राखी सदस्य हरु को खाता बाट ७ सय रुपैया निकालेको २४ घण्टा नहुँदै पुन खबर आएको छ तपाइ को खाता मा काटिएको ७ सय फिर्ता आएको छ ।

सदस्यहरुको अनुमति विना एनएमसीले खाताबाट ७ सय रुपैयाँ सदस्य कल्याणकारी जम्मा गरिदिएको छ । एनएमसीको उक्त निर्णयका विरुद्ध व्यापक आलोचना भइरहेको छ । कतिपयले समर्थन समेत जनाइरहेका छन् ।
एक लाख ५० हजार हाराहारी सदस्य रहेको एनएमसीले करिव ६० हजार सदस्यको खाताबाट कोषमा ७ सय जम्मा गरेको सस्थाको प्रधान कार्यलय काराराभिट्टा बाट जानकारी प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार प्रस्तावित सदस्यहरु, संस्थागत र ७ सय रुपैयाँ झिक्न नसकिने खाताका सदस्यहरु उक्त कोषमा समावेश गरिएको छैन ।

एनएमसीले ७ सय रुपैया कोषमा जम्मा गरेको विषयलाई लिएर सदस्यहरुले सामाजिक सञ्जालमा व्यापक गुनासो पोखिरहेका छन् । गुनासो र आलोचना बढेपछि एनएमसीको आकस्मिक बैठक बस्दैछ । बैठकले कोषका सन्दर्भमा अब कसरी जाने भन्ने बारे छलफल गर्ने कार्यकारी प्रमुख उप्रेतीको भनाई छ ।

सदस्य कल्याणकारी कोषमा ७ सय रुपैयाँ योगदान गर्ने सदस्यको मृत्यु भएमा ५० हजार र सदस्यको बुबाआमा वा छोरीछोरीको निधन भएमा १० हजार राहत पाउने छन् । राहत पाउने विषय भए पनि सदस्यहरुले किन अनुमति विना रकम कोषमा जम्मा गरियो भन्ने प्रश्न उठाइरहेका छन् ।

एनएमसीका कार्यकारी प्रमुख उप्रेतीले सदस्यहरुको हितमा ठुलो क्रान्ति गरेको बताए । उनले भने – धेरै प्रयासबाट यो काम अघि बढाइए पनि सदस्यहरुलाई बुझाउन सकेनौं । कार्यान्वनयन गर्नेले मात्र बुझेर नहुने रहेछ भन्ने लागेको छ । उप्रेतीले कोषले दिने सुविधाबारे सदस्यलाई राम्रोसँग बुझाउन नसकेको स्वीकार गरे । उनले भने, यसअघि पनि कोष सञ्चालनमा थियो । तर, सबैका लागि थिएन । अहिलेको व्यवस्थाले सबै सदस्यहरु कोषमा समावेश गर्ने हो ।

यसै बिच एनएमसीले सदस्यको अनुमति विनै कोषमा जम्मा गरेको ७ सय रुपैयाँ सदस्यको खातामा फिर्ता गर्ने भएको छ । आज बसेको आकस्मिक बैठकले सदस्य कल्याणकारी योजनामा जम्मा गरेको सदस्यको बचत फिर्ता गर्ने निर्णय गरेको हो । एनएमसीले सदस्यहरुको दवावका कारण २४ घण्टा नवित्दै कमजोरी सच्याएको छ ।

संस्थाका अध्यक्ष ठाकुर शिवाकोटीले सदस्य कल्याण्कारी योजना अन्तर्गत बचत खाताबाट सात सय रकम योगदान गराउने निर्णय स्थगन गरिएको जानकारी दिए । साथै सदस्यबाट योगदान गरिएको रकम सोहि खातामा फिर्ता गरिने समेत बताएका छन् ।

एनएमसीले एक विज्ञप्ति जारी गर्दै वितेको ७ वर्षमा सदस्यहरुलाई ११ करोड ३३ लाख ४८ हजार ९९८ रुपैयाँ प्रदान गरेको जनाएको छ ।

Facebook Comments Box