तरुण दलको ज्ञापन पत्र चुलाचुली गाउपालिका लाइ

देवेन्द्र पौडेल/ इलाम टाइम्स पेल्टिमारी,इलाम को चुलाचुली गाउपालिका गाउ कार्यपालिका को कार्यलय लाइ नेपाली काँग्रेस को भातृ संगठन तरुण दलको चुलाचुली ४ नम्बर वडा कार्यसमिती ले १८ बुँदे ज्ञापन पत्र गत श्रावण ४ गते बुझाएको छ ।
पछिल्लो समय चुलाचुलीमा सिमल तरुल प्रवर्द्धन कार्यक्रम अन्तरगतको अनुदान बितरणमा अनियमितता देखिएपछी उक्त अनियमितता माथी छानबिन र सत्यतथ्य पत्ता लगाउन र दोशी माथी कारवाही को माग समेत भइ रहेको बेला चुलाचुलीमा भएका अनियमितता र भ्रष्टचार नियन्त्रण गर्न थप सहयोग पुग्ने अपेक्षा सहित यो ध्यानाकार्षण पत्र हस्तान्तरण गरिएको हो ।
उक्त ध्यानाकर्षण पत्र मा हालै बिवाद मा आएको सिमलतरुल अनुदान को बिषय मा यथार्थ सत्यतथ्य के हो छानबिन गरी सार्वजानिक गर्ने देखी लिएर चुलाचुली को वास्तबिक सिमाना यकिन गर्नु पर्ने लगायत का बिषय हरु समेटिएको छ ।
यस्तै, यसअघिका जनप्रतिनिधिले तयार गरेका प्रशासकीय भवन भवनसंहिता अनुसार बालमैत्री,अपांगमैत्री तथा ज्येष्ठ नागरिकहरु मैत्री पूरा नभएकाले यसको छानवीन गरिनुपर्ने, अघिल्लो जनप्रतिनिधिले कृषि तथा वडा मार्फत कृषिका अनुदान, कार्यक्रमहरुको विवरण बाहिर ल्याउनुपर्ने, चुलाचुली ३ वडा कार्यालयले विद्युतीकरणका लागि वडावासीसंग प्रतिपरिवार १ हजार दरले उठाएको रकम वास्तविकता सार्वजनिक गर्न माग गरेका हुन् ।
यसैगरि, जनप्रतिनिधिहरुले सवारी मर्मतको खर्च ,प्रशासकीय भवनमा निर्माण गरिएको सभाहलको विषयमा जानकारी गराउनु पर्ने ,चुलाचुली ४ यलम्बर चौकमार्ग सडकको हिसावकिताव सार्वजनिक गरिनुपर्ने माग राखिएको उल्लेख छ ।