राष्ट्रिय स्वतन्त्र पार्टी चुलाचुली ले जारी गर्यो प्रेस बिज्ञप्ति

देवेन्द्र पौडेल / इलाम टाइम्स पेल्टिमारी , राष्ट्रिय स्वतन्त्र पार्टी चुलाचुली ले आज साँझ एक प्रेस बिज्ञप्ति जारी गरेको छ ।
चुलाचुली गाउपालिका ले सन्चालन गरेको सिमलतरुल अभिबृद्धी कार्यक्रम को अनुदान बितरणमा कतिपय कर्मचारी र जनप्रतिनिधी कै मिलेमतोमा व्यापक अनियमितता भएको गुनासो यत्रतत्र फैलिएको अवस्थामा लक्षित कार्यक्रम मा संलग्न नरहेका कतिपय कृषकले समेत सिमलतरुल खेतिको अनुदान रकम गाउपालिका मार्फत प्राप्त गरेको देखिएको ले यस्ता अवाञ्छित कार्यप्रती घोर भर्त्सना गर्दै बिज्ञपति जारी गरेको छ ।
स्थानिय सरकारद्वारा संचालित कार्यक्रम हरु बाट जनताको जिवनस्तर सुधार गर्नुपर्ने मा अनितमितताको आवाज किन उठदैछ भनेर प्रश्न गरिएको छ । सिमल तरुल खेति कार्यक्रमको वास्तबिकता के हो ? सम्पुर्ण बइवरण सहित सर्वदलिय भेला वा पत्रकार सम्मेलन गरि आम जनता सामु सार्वजानिक गर्न , खेती नगरी अनुदान मात्रै लिने किसान को रकम फिर्ता गराउन का साथै गलत किसानलाइ अनुदानको लागि सिफारिस गरिदिने ब्यक्ती र निकायलाइ कारवाही को समेत माग गरेको छ साथै उक्त बिज्ञप्ति मार्फत जनताको गुनासोलाइ बेवास्ता गर्ने र मनपरी तन्त्रलाई बढवा दिने कार्य नगर्न नगराउन चेतावनी समेत दिइएको छ ।।
